संकटग्रस्त सौर्य एयरलाइन्स: राजनीतिक दबाब दिएर उडान अनुमति फुकुवा गराउन खोजेको आरोप

एकल विमानबाट उडान फिर्तीका लागि दबाब दिँदै
400 Shares

काठमाडौं: आर्थिक संकटमा रहेको सौर्य एयरलाइन्सले एउटै जहाजको भरमा उडान पुनः सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निवेदन दिएको छ। तर, प्राधिकरणले सुरक्षा र वित्तीय अडिट नगरी AOC (उडान अनुमति) फुकुवा नगर्ने जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, ९ महिनादेखि ग्राउन्डेड रहेको सौर्य एयरलाइन्सले एउटै जहाजको भरमा आन्तरिक उडानमा फर्कन राजनीतिक दबाब दिन थालेको छ।

सौर्यको उडान अनुमति गएको साउन ९ गते पोखरातर्फ सी-चेकका लागि उड्दै गर्दा भएको दुर्घटनापछि निलम्बन गरिएको थियो। उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।
Saurya Airlines Poised for Comeback After Tragic Crash Saurya Airlines Poised for Comeback After Tragic Crash Saurya Airlines Crash: 18 Dead, Pilot the Sole Survivor Saurya Airlines Crash: 18 Dead, Pilot the Sole Survivor

एयरलाइन्सका मालिक दीपक पोखरेलमाथि राजनीतिक दबाब प्रयोग गरेर अनुमति फुकुवा गराउन खोजेको आरोप छ।  तर प्राधिकरणका कर्मचारीहरूले एयरलाइन्सको सुरक्षा र वित्तीय अडिट गरेरमात्रै निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका छन्।

हाल सौर्यसँग एउटा मात्र उडानयोग्य जहाज बाँकी छ। प्राधिकरणका अधिकारीहरूले एउटै जहाजको भरमा उडान अनुमति दिनु यात्रु सुरक्षा र निष्पक्षतामा आँच आउने बताएका छन्।

From Facebook

Related News